अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै उपमहासचिव पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।
गौतमले नेपालखबरसँग भने, ‘नेतृत्वसँगको परामर्श र सयौँ साथीहरूको सुझावअनुसार उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएँ। केन्द्रीय सदस्यमा दिएँ।’
पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा भने उनको नाम छ।
गौतमले उम्मेदवारी फिर्ता लिएसँगै अब उपमहासचिव पदमा ६ उम्मेदवार मात्र कायम भएका छन्।
सचिव पदका आकांक्षी उनले यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै सीमित गरेको भन्दै उपमहासचिव पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।
अब ३ उपमहासचिव पदका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।
Shares

प्रतिक्रिया