राजनीति


एमाले महाधिवेशनः उपाध्यक्षमा ११ र सचिवमा २० जनाको उम्मेदवारी (सूची)

६८३ उम्मेदवार मैदानमा
एमाले महाधिवेशनः उपाध्यक्षमा ११ र सचिवमा २० जनाको उम्मेदवारी (सूची)

नेपालखबर
मंसिर २९, २०८२ सोमबार २२:१८, काठमाडौँ

नेकपा (एमाले) को जारी ११ औँ महाधिवशेनमा उम्मेदवारको नामावली प्रकाशन भएको छ। 

राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने १९ पदाधिकारी सहित ३०१ केन्द्रीय समितिका लागि अध्यक्ष र महासचिवमा दुई दुई जनाको उम्मेदवारी पर्दा पाँच उपाध्यक्षका लागि ११ जनाबीच प्रतस्पर्धा हुने भएको छ।

यस्तै, तीन उपमहासचिवमा सात जना, ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेको एमाले निर्वाचन आयोगले जनाएको छ। 

आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार ६८३ जनाको विभिन्न पदमा उम्मेदवारी परेको छ।

खुला युवा क्लस्टरबाट भने केन्द्रीय सदस्यमा नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

ती उम्मेदवारीमाथि आजै राति दाबी विरोध र छानबिनपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। मतदान पुस १ गते दिउँसो १ः०० बजेपछि हुने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad