ad ad

राजनीति


सचिवालयको निर्णायक बैठकअघि शीतलनिवासमा राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

सचिवालयको निर्णायक बैठकअघि शीतलनिवासमा राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १२:१४,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

विवाद सुल्झाउनका लागि निर्णायक हुने भनिएको पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेर फर्कंदै गर्दा सचिवालयका अरु नेताहरु बालुवाटार पुगिसेकेका थिए।

शनिबार अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालयको बैठक साढे पाँच बजेका लागि सारेर ओलीले त्यसबीचमा अन्य नेताहरुसँग परामर्श गरेका थिए।

परामर्शपछि उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

‘सचिवालय बैठकका लागि नेताहरु आइपुग्नु भएको छ। प्रधानमन्त्री शीतलनिवासबाट फर्कने क्रममा हुनुहुन्छ,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .