ad ad

राजनीति


नेकपा सचिवालय बैठकमा प्रचण्डलाई ओलीसँगै उस्तै कुर्सी

नेकपा सचिवालय बैठकमा प्रचण्डलाई ओलीसँगै उस्तै कुर्सी

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १२:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

पार्टीभित्र देखिएको विवाद समधानका लागि निर्णायक मानिएको बैठकको बसाइको व्यवस्थापन नयाँ किसिमले गरिएको छ।

Image may contain: 1 person, sitting, table and indoor

कार्यकारी अध्यक्ष बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल प्रचण्डको कुर्सी राखिएको थियो। तर बीचमा पार्टीमा विवाद देखिएपछि प्रचण्ड अन्य सचिवालय सदस्यसँगै बस्दै आएका थिए।

शनिबारको बैठकमा भने दुवै अध्यक्षलाई सँगसँगै राखिएको छ र अध्यक्षको सम्मुखमा महासचिवलाई राखिएको छ। तीन–तीन सचिवालय सदस्यलाई र महासचिव र अध्यक्ष बीचको भागको दायाँ र बाँया राखिएको छ।

Image may contain: one or more people, people sitting, table and indoor

यसअघिकाे सिट व्यवस्थापनमा प्रधानमन्त्रीकाे सिट अन्य सदस्यकाे भन्दा फरक रुपमा राखिएकाे थियाे।

NCP Secretariat Apr29

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषदसम्बनधी अध्यादेश ल्याएपछि पार्टीमा देखिँदै आएको विवाद समाधानका लागि भन्दै सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले स्थायी समितिको बैठकको मिति टुंगो लगाउने बताइए पनि प्रधानमन्त्री ओली भने स्थायी समिति बैठकको विपक्षमा देखिएका छन्।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने स्थायी समिति बैठक बोलाउनु पर्ने मागमा अडिग रहने स्रोतले बताएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .