राजनीति


सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १८:२, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ। 

अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्।

यसैगरी, दुई जना अधिवक्तालाई वार्ता सहकर्ता तोकेको छ। वार्ता सहजकर्तामा विनोदमणि भट्टराई र लबन न्यौपाने छन्। 

वार्ता समिति गठन गरेको विषयमा प्रसाईंले सरकारलाई जानकारी पठाएका छन्। उनले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएका छन्। 

सरकारले आइतबार नै वार्ता समिति गठन गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा सरकारले बनाएको आन्तरिक सहजीकरण तथा समस्या समाधान समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad