राजनीति


‘अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छ’

‘अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छ’

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:३७, काठमाडौँ

नेकपा (एमाले) ले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ।

सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले सो कुरा बताएकी हुन्।

उनले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताइन्। महाधिवेशनमा केपी ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने ईश्वर पोखरेलको पनि सोही पदमा उम्मेदवारी परेको छ। 

महासचिवमा ओली पक्षबाट शंकर पोखरेल, ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। ती सबै उम्मेदवारीहरुबीचमा छलफल गरेर फेरि पनि सर्वसम्मतिको प्रयास गर्ने निर्णय गरिएको संयोजक अर्यालको भनाई थियो। 

उनले भनिन्, ‘निर्वाचन मनोनयनको काम सम्पन्न भइसकेपछि हामीले उम्मेदवारहरूको बीचमा सर्वसम्मतिको निम्ति प्रयत्न गर्छौं। मनोनयन फिर्ता लिन चाहने साथीहरुलाई फिर्ता गराउने, अनि मूल नेतृत्वदेखि तलसम्म सर्वसम्मतिको निम्ति प्रयत्न गर्ने हाम्रो कार्यतालिका भित्र छ। यदि हामीले पूर्ण रुपमा सर्वसम्मत गराउन सकेनौ भने आंशिक रुपमा केही हुन्छ। तर पूर्ण रुपमा गर्न सकिएन भने त्यसलाई निर्वाचनमार्फत नै टुंगो गर्नेगरी निर्वाचन आयोगले आफ्ना कामहरू अघि बढाएको पनि म यहाँहरू समक्ष राख्न चाहन्छु।’

एमालेले सर्वसम्मति हुन नसके पुस १ गते भोलि मतदानमार्फत नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad