ज्योति विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीमाथि २४ गते ऋणीहरुले नियोजित आक्रमण गरेको भन्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट ब्यांकर्स एसोसिएसनलगायतले भर्त्सना गरेका छन्।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सदस्य बैंक ज्योति विकास बैंक लिमिटेडको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न भनी छलफलमा बोलाई दुव्यर्वहार र आक्रमण गरेको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन्।
कर्जा असुली गर्नु बैंकको जिम्मेवारी भएको र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु रहेको बताउँदै उनीहरुले सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
‘यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन–कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पु¥याई चुनौती दिएको छ’, उनीहरुले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले नियमानुसार अपनाएको असुली प्रक्रिया तथा धितो लिलामी लगायतका विषयमा असहमति भएमा गुनासो गर्ने, अदालती प्रक्रियामा जाने लगायतका कानुनी प्रक्रिया हुँदा हुँदै कानुनलाई नै आफ्नै हातमा लिई अराजक गतिविधिमा संलग्न भई गरिएको यस्ता आपराधिक कार्यहरूको हामी घोर निन्दा गर्दछौँ।’
बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रुपमा कर्मचारीहरुको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको बैंकर संघहरुले भत्र्सना गरेका छन्।
‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरुको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘साथै यस सम्बन्धी सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडी बढाउनु पर्नेमा यो विज्ञप्ती निकालुन्जेल सम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भिर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरुलाई कानूनी दायरमा ल्याउन ध्यानाकर्षण गराउँदछौँ।’
भविष्यमा यस्ता अपराधिक कार्यहरु दोहोरिन नदिने वातावरणको सुनिश्चित्ता गरी यस्ता घटनाको कुनै पनि माध्यमबाट सूचना प्राप्त हुनासाथ सम्बन्धित पक्षकोे जाहेरी नआएता पनि अपराधीहरुलाई कानूनी दायरामा ल्याई तत्काल सम्बन्धित सरकारी निकायले तदारुकताका साथ कारवाही गर्न समेत उनीहरुको माग छ।
Shares

प्रतिक्रिया