एमालेको केपी ओली खेमाबाट महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने टुंगो लागेको छ।
हाल एमालेमा महासचिव नै रहेका पोखरेल फेरि सोही पदमा दोहोरिन लागेका हुन्।
काठमाडौँको भृकुटी मण्डपमा जारी एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। आज उम्मेदवारको मनोनयन र भोलि मतदान हुने कार्यसूची एमालेले सार्वजनिक गरेको छ।
एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालको लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।
ओली खेमाबाट उपाध्यक्षमा हालका उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापा बादलसँगै गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने विषयमा छलफल जारी छ।
त्यसैगरि उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल चलिरहेको स्रोतले जनाएको छ।
सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल उम्मेदवार बन्ने सम्भावना छ। पदाधिकारीमा उठ्ने उम्मेदवारहरूकाे अन्तिम टुंगो लाग्न भने बाँकी छ।
Shares

प्रतिक्रिया