राजनीति


सरकारलाई ओलीको प्रश्न- नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ?

सरकारलाई ओलीको प्रश्न- नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ?

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:१, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउने वातावरण नै नबनाएको आरोप लगाएका छन्।

भक्तपुरको सल्लाहघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्की सरकारले भय सिर्जना गरेको जिकिर गरे। ‘संवादको सट्टा निधेष, घृणा र मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न प्रकारका राजनीतिक दलविरुद्ध षडयन्त्र। प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा, नेताको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा यही हो चुनावको वातावरण बनाएको?,’ ओली प्रश्न गरे। 

यस्ता क्रियाकलापले निर्वाचनको वातावरण नबन्ने उनको भनाइ थियो। ओलीले प्रश्न गरे, ‘मतदानको सुरक्षा हुन्छ कि? दबाब र आतङ्क बढ्छ यस्ता कुराले?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad