नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाम भएका गतिविधि देशलाई घाइते बनाउने योजनाअनुसार भएको आरोप लगाएका छन्।
एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका नाममा योजनाबद्ध रुपमा कदम चालिएको बताए। आफूले राजीनामा दिइसकेपछि विध्वंश मच्चाइएको बताउँदै उनले भने, ‘१६ सयभन्दा बढी संरचना आगो ढुङ्गाका निसाना बने।’
जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको उल्लेख गर्दै अध्यक्ष ओलीले थपे, ‘यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भएका थिए। त्यसैले यी घटना केबल सरकार परिवर्तनका लागि गरिएका दबाब मात्र थिएनन्, ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खलबल्याउने र गम्भीर रुपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए।’
Shares

प्रतिक्रिया