राजनीति


रवि लामिछाने २ पटक विजयी भएको चितवन २ बाट कांग्रेसले सिफारिस गर्‍यो १० उम्मेदवार

रवि लामिछाने २ पटक विजयी भएको चितवन २ बाट कांग्रेसले सिफारिस  गर्‍यो १० उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १२:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुईपटक विजयी भएको चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। 

कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले  पार्टीका जिल्ला सभापति राजेश्वर खनालदेखि वडा सभापति विनोद ढकालसम्मको नाम सिफारिस गरेको हो। 

चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने दुईपटक भारी मतान्तरले विजयी भएका थिए।

पछिल्ला ेसमय लामिछानेले चितवन २ बाट ५४ हजार २७६ मतसहित विजयी हुँदा  उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका थिए भने २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad