पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु.१ ज ३९०८ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा आठ जना घाइते भएका छन्।
सबै घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। रासस
186
Shares

प्रतिक्रिया