राजनीति


यसपटक 'अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड' सन्तोष परियारलाई

यसपटक 'अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड' सन्तोष परियारलाई

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ११:२२, काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टी, अध्यक्ष परिषद्‌का अध्यक्ष सन्तोष परियारले अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन्।

भारतको संविधान निर्माता तथा दलित आन्दोलनका नेता डा. भीमराव अम्बेडकरको नाउँमा स्थापित डा. अम्बेडकर फाउन्डेसनले प्रदान गर्ने उक्त पुरस्कार यस वर्ष परियारले प्राप्त गर्ने भएका हुन्। 

पुरस्कार लिन आज आफू भारतको राजधानी दिल्ली जान लागेको परियारले बताएका छन्। 

अवार्ड समारोह भने शनिबार र आइतबार दिल्लीमा आयोजना हुँदै छ। 

अम्बेडकर फाउन्डेसनले सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा काम गर्नेहरूलाई हरेक वर्ष यो अवार्ड दिने गरेको छ। 

डा. अम्बेडकरका पुस्तक पढिरहने आफूलाई आज उनकै नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कार पाउन लाग्दा खुसीको सीमा नरहेको परियारले उल्लेख गरेका छन्। 

‘शिक्षित हौ, संगठित हौ र संघर्ष गर भन्ने बाबासाहेब डा. भीमराव अम्बेडकरलाई पढिरहन्थेँ। उनले लेखेका पुस्तकहरू पढेर महिनौँसम्म गमिरहन्थेँ। उनको युग र भूगोल मेरोभन्दा फरक थियो। तर पनि ज्ञानको कुनै समय र सीमा हुँदैन भन्ने कुरा बाबासाहेबले प्रमाणित गरिदिएका थिए। परबाट साहस, संघर्ष र भावनामा सधैँ अम्बेडकर बोकी हिँडिरहेको एउटा सामान्य मजस्तो मान्छेलाई अम्बेडकरकै नामसँग जोडिन पाउँदा कति खुसी होला! म खुसी छु, अझ बढी गम्भीर र जिम्मेवार महसुस गरेको छु’, परियारले शुक्रबार बिहान फेसबुकमा लेखेका छन्, ‘तपाईंले त धेरै गर्नुभयो बाबासहेब। म पनि संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाहरूका खातिर सक्नेजति सबै गर्नेछु!’

उनले अगाडि लेखेका छन्, ‘मेरा आदरणीय र प्रियहरू! सन् २०२५ को 'अम्बेडकर अन्तराष्ट्रिय पुरस्कार' (International Ambedkar Award, 2025) ग्रहण गर्न आज दिल्ली जाँदै छु। कार्यक्रम १३ र १४ डिसेम्बरका दिन दिल्लीमा हुनेछ। सम्भव भएसम्मका त्यहाँ रहनुहुने साथीहरू भेटौँ है।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad