प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकका लागि नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ बाट १० जना उम्मेदावरको नाम सिफारिस गरेको छ।
कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु र रमेश लिङ्देनको नाम सिफारिस गरेको हो।
त्यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ युवा नेता प्रेमिका राना मगरसहित पाँच जनाको नाम सिफारिस भएको छ। उनी नेविसंघको केन्द्रीय सदस्य हुन्।
त्यस्तै समानुपातिकतर्फ माधवप्रसाद चम्लागाईं, धनमान बराइली, सुजाता परियार र भुवानी शशेर राईको नाम सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।
कांग्रेसले इलाम २ बाट राष्ट्रिय सभा सदस्यका लागि हिमालय कर्माचार्यको नाम सिफारिस गरेको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते तोकिएको छ।

प्रतिक्रिया