राजनीति


महाधिवेशनमा सहभागिताका लागि एमालेले काठमाडौँमा सुरु गर्‍यो घरदैलो अभियान

महाधिवेशनमा सहभागिताका लागि एमालेले काठमाडौँमा सुरु गर्‍यो घरदैलो अभियान

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १४:४४, काठमाडौँ

एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि काठमाडौँका घरघरमा पुगेर निमन्त्रणा दिन सुरु गरेको छ।

बुधबार काँडाघारीस्थित वीरेन्द्र चोकबाट निमन्त्रण अभियान सुरु गरिएको एमालेले जनाएको छ। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौँ महानगरपालिका- २ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारीमा भएकाे कोण सभामार्फत अभियानको सुरुवात गरेका छन्। 

निमन्त्रणा कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन। घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी छन्।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने दाबी एमालेले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad