अपराध


बहुविवाहको आरोपमा नवलपरासी पूर्वका डीएसपी नेपाल पक्राउ

बहुविवाहको आरोपमा नवलपरासी पूर्वका डीएसपी नेपाल पक्राउ

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १४:३८, काठमाडौँ

बहुविवाहको आरोपमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। 

बहुविवाहको उजुरी परेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्की बताए। ‘बहुविवाहको उजुरी परेपछि आफै आउनु भएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा हुनुहुन्छ,’ कार्कीले भने। 

डीएसपी नेपालकी जेठी पत्नी तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ। उजुरी परेपछि डीएसपी नेपालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

त्यसपछि उनी आफै जिल्ला प्रहरी कार्यालय, रुपन्देही पुगेका हुन्। उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कार्कीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका अनुसार, डीएसपी नेपालले प्रहरीमै कार्यरत युवतीसँग दोस्रो विवाह गरेको उजुरी परेको छ। उनीसँग विवाह गरेकी युवती भने सम्पर्कमा आएकी छैनन्। 

अहिले डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व)मा कार्यरत रहेका थिए। उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad