राजनीति


कांग्रेसले बोलायो ७७ वटै जिल्ला सभापतिको ‘भर्चुअल’ बैठक

कांग्रेसले बोलायो ७७ वटै जिल्ला सभापतिको ‘भर्चुअल’ बैठक

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १५:१८, काठमाडौँ

नेपाली कांग्रेसले देशभरका सबै जिल्ला सभापतिसँग छलफल गर्न ‘भर्चुअल’ बैठक बोलाएको छ। 

कांग्रेसले बुधबार बिहान ७ बजे भर्चुअल बैठक बोलाएको हो। जुममार्फत बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

कांग्रेसको १५औं महाधिवेशनको तयारीका क्रममा सदस्यताबारे छलफल गर्न क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक बोलाइएको मुख्य सचिव पौडेलले जानकारी दिए।

बैठकमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सबै जिल्ला सभापतिसँग छलफल गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad