रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना संक्रमण भएको छ। अहिले उनलाई अस्पताल भर्ना गरिएको छ।
रुसी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मिसुस्तिनलाई बिहीबार कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
रुसमा बिहीबार एकै दिन प्रधानमन्त्रीसहित ७ हजार ९९ जनालाई संक्रमण पुष्टि भएको हो।
गत जनवरीमा मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइल त्यहाँ कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गरिरहेक थिए।
रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखिन्छ। उनले भिडियो कलमा भनेका छन्, ‘मैले भर्खरै थाहा पाएँ, मलाई कोरोना संक्रमण भएको रहेछ।’
उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने रुसका सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया