भोलि बिहीबार उँधौली पर्वको दिन हो। यःमरि पूर्णिमा, धान्यपुर्णिमा र ज्यापु दिवस पनि हो। सरकारी क्यालेन्डरमा लेखएिका यी पर्वका कारण काठमाडौं उपत्यकाका सरकारी कार्यालय भोलि बन्द हुनेछन्।
यसपालि यी पर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव फणीन्द्र गौतमका लागि भने फरक हुनेछन्। हिजोआज सरकारका सचिव, मुख्यसचिवका ‘विशेष दिन’ भन्नाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको, विशेष अदालतमा भ्रस्टाचारको मुद्दा दायर भएकोलाई पनि भन्न थालिएको छ।
सचिव गौतमका लागि विशेष दिनको वास्तविकता अर्कै हो।
सामान्य जीवनयापन र सरल व्यक्ति सचिव फणिन्द्र भण्डारीका लागि भने आज बुधबार सरकारी सेवाको अन्तिम दिन हो। भोलि अर्थात् उभौली पर्वको दिन उनले अवकास पाउँदैछन्। उमेर हदका कारण उनले अनिवार्य अवकास पाएका हुन्।
सरकारको नियमअनुसार सचिवको उमेर हद ५८ वर्ष हो। उनले सो उमेर पूरा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा उनले निकै महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। सरकारले लिने प्रत्येक निर्णय कानुनसम्मत छ, छैन भनी हेर्ने, संसदमा पठाउने विधेयकहरूको प्रारूप तयार गर्ने वा समीक्षा गर्ने तथा सरकारी निकायहरूबीच उत्पन्न हुने कानुनी विवादमा समाधान खोज्ने काम उनको टाउकोमा थिए।
सचिव फणिन्द्र गौतमले सरकारी सेवामा रहेर पुर्याएको योगदानका लागि सोमबार मन्त्रिपरिषदले धन्यवाद दिने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया