फिल्म ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ।
दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको फिल्मको पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ।
पोस्टरले विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ। एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको फिल्मको वास्तविक कथा भने टिजर, ट्रेलर र फिल्म नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ।
फिल्मका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ट्रेलर पनि उनीकै सम्पादनमा तयार भइरहेको निर्माण टिमले बताएको छ। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ।
‘परिवर्तन’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
3
Shares

प्रतिक्रिया