राजनीति


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जारी गरे घोषणा पत्र

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जारी गरे घोषणा पत्र

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १५:४२, धरान

देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन्।

धरान उपमहानगरका प्रमुख समेत रहेका उनले धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ। केबल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ। छिटो विकासका लागि श्रमदान अपरिहार्य छ।’

श्रमदानबाट विकास गर्दा जनता आफै संलग्न हुने उनले बताए।

देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले बताए।

‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad