सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका हुन्। कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। दिपक डुम्रे, युवराज खत्री र विलियम वसिस्टोलाई बेन्चमा राखेको छ।
पोखराले आजको खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ। अघिल्लो खेलमा रहेका दिनेश खरेल, अविशेक तिवारी, सुमित बर्मा, जिम्मी निसम र म्याट टेलरलाई बाहिर राखेको छ।
पोखरा एभेन्जर्सको टोली : कुशल मल्ल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सन्दीप केसी, आडम रोसिङटन, जेसन रोय, ऋषी धवन र धनन्जय लक्सन।
कर्णाली याक्सको टोली : सोमपाल कामी, दीपेन्द्र रावत, पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युनिस ठकुरी, गुल्सन झा, मार्क वाट, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल र जय किसन कोल्सावाला।
Shares

प्रतिक्रिया