राजनीति


ट्रम्पलाई चीनको जवाफः अमेरिकी चुनावमा हस्तक्षेप गर्न हामीलाई कुनै चासो छैन

ट्रम्पलाई चीनको जवाफः अमेरिकी चुनावमा हस्तक्षेप गर्न हामीलाई कुनै चासो छैन

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:२६,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा आफूलाई हराउन चीनले जे पनि गर्न सक्ने अभिव्यक्ति दिएपछि चीनले त्यसको जवाफ दिएको छ।

‘अमेरिकाको राष्ट्रपतीय निर्वाचन उसको आन्तरिक मामिला हो। हामीलाई त्यसमा हस्तक्षेप गर्ने कुनै सरोकार छैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई आशा छ अमेरिकी जनताले आफ्नो चुनावी राजनीतिमा चीनलाई तान्ने छैनन्।’

गेङले चीन पनि कोरोना भाइरस महामारीबाट पीडित भएकोले आफूहरुलाई दोष नदिन आग्रह गरे।

‘महामारीका लागि केही नेताहरुले चीनलाई दोष दिइरहेका छन्। त्यसले अमेरिकाकै कमजोरीलाई प्रकट गर्छ,’ उनले भने, ‘दुश्मन भनेको भाइरस हो, चीन होइन। यो कुरा अमेरिकाले बुझ्न जरुरी छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad