राजनीति


दाङमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

दाङमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०८२ शनिबार ८:३२, काठमाडौँ

शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेशमा त्यस्तो सभा गर्दैछ।

दाङको देउखुरीमा आज लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा हुने नेकपाले जनाएको छ। 

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु भीम रावल, वर्षमान पुनलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

एक दर्जन भन्दा धेरै वामपन्थी घटक मिलेर गएको कात्तिक १९ गते निर्माण भएको नेकपाले देशका सबै प्रदेशमा प्रमुख नेताको उपस्थितिमा एकता सन्देश सभा गर्ने जनाएको छ। 

अब गण्डकी प्रदेशको पोखरामा मङ्सिर १४ गते, कोसीको विराटनगरमा मङ्सिर १५ गते, कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते त्यस्ता सभा हुनेछन्। 

यही मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad