आसन्न निर्वाचन प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा पठाएको थियो।
राष्ट्रपति पौडेलले आज बिहीबार मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

201
Shares

प्रतिक्रिया