राजनीति


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न न्वारनदेखिको बल लगाएको छुः मन्त्री पुन

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न न्वारनदेखिको बल लगाएको छुः मन्त्री पुन

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १६:२६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास भइरहेको बताए। त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धी कानुन ल्याउन लागेको पनि स्पष्ट पारे। 

उनले सो सम्बन्धमा कसरी कानुनी व्यवस्था गर्ने भन्नेबारेमा कानुनविद्हरूसँग छलफल भइरहेको समेत जानकारी दिए। विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको मन्त्री पुनले बताए। 

उनले भने,‘कानुन कसरी आउँछ? हेर्दैछौँ। तर विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास हुँदैछ। अध्यादेशबाट हुन्छ कि के छ कानुनविदहरूसँग सरसल्लाह हुँदैछ। हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ। अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन। यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भईरहेको छ। उहाँ सकारात्मक हुनुहुन्छ।’  

त्यस अवसरमा मन्त्री पुनले सो विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे। सरकारले सो विश्वविद्यालयको अनुसन्धान केन्द्रहरुलाई देशको थिङ्क टयांकको रुपमा स्थापित गराउन चाहेको उनको भनाई थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad