विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजले राम्रो सुरुवात गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिले ब्याटिङ गरेको चितवनले पावर प्लेमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ। प्रारम्भिक ब्याटर दीपक बोहरा पाँच रनमै आउट भए।
अर्का प्रारम्भिक ब्याटर डेविड मलान १७ रनमा आउट भए। त्यसपछि देव खनाल र सैफ जैबले चितवनलाई सम्हालेका हुन्।
विराटनगरका लागि मर्चेन्ट डि लाङ्गेले दुई विकेट लिए।
105
Shares

प्रतिक्रिया