राजनीति


चिनियाँ नेतासँग माधव नेपालको दुई घण्टा भिडियो वार्ता

चिनियाँ नेतासँग माधव नेपालको दुई घण्टा भिडियो वार्ता

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १३:२१,

पूर्वप्रधानमन्त्री तथा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले कोरोना भाइरस महामारीलाई राजनीति रुपमा व्याख्या गर्नु गलत भएको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओसँगको भिडियो कन्फरेन्समा नेपालले कोरोना भाइरसलाई आधुनिक चिकित्सा विज्ञान, आविष्कार र मानवीय व्यवहारबीचको संयोजनले जितिने बताए।

भिडियो कन्फरेन्समा कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री ईश्वर पोखरेल तथा ६ प्रदेशका पार्टी इन्चार्ज सहभागी थिए।

उता चिनियाँ पक्षबाट प्राध्यापक झोङ नान सान तथा चिकित्सक र वैज्ञानिकहरु सहभागी रहेको नेता नेपालको सचिवालयले जनाएको छ। भिडियो कन्फरेन्स दुई घण्टा चलेको थियो।

चीनको कोरोना नियन्त्रण उच्चस्तरीय समिति संयोजक प्राध्यापक झोङ नान सानले कोरोना नियन्त्रणको चिनियाँ अनुभव सुनाएका थिए।

madhav-nepal-video.jpg

भिडियो कन्फरेन्समा प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य, २ का सत्यनारायण मण्डल, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश प्रमुख गोविन्द नेपाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका जनार्दन शर्मा र सुदूरपश्चिम प्रदेशका भीम रावल सहभागी थिए। 

भिडियो कन्फरेन्समा नेपाली नेताहरुले चीनले कसरी भाइरस नियन्त्रण गर्‍यो? रोग नियन्त्रणका लागि कस्ता खोज भइरहेका छन्, जस्ता विषयमा जिज्ञासा राखेको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङभन्दा पहिले सङ नेपाल आएका थिए। त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाको सम्झौता भएको थियो। सो सम्झौतामा नेपाल र सङले नै हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad