राजनीति


कतारबाट प्राप्त भयो ७ लाख २५ हजार थान स्वास्थ्य सामग्री

कतारबाट प्राप्त भयो ७ लाख २५ हजार थान स्वास्थ्य सामग्री

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १३:४०,

कतार सरकारले नेपाललाई कोरोना महामारीको सामना गर्न आवश्यक मेडिकल तथा अन्य स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कतारबाट नेपाललाई सहयोग स्वरुप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको हो।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्द अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

कतारबाट १४ प्रकारका स्वास्थ्य सामग्री प्राप्त भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए।

Qatar support1 1

कतारले उपलब्ध गराएका सामग्रीमा तीन लेयर मास्क ४ लाख ८० हजार, तीन लेयर मास्क मेडिकल एफएफपीटू ५६ हजार, तीन लेयर मास्क मेडिकल एफएफपीथ्री ५५ हजार, फेस सिल्ड १५ हजार, प्रोटेक्टिभ पञ्जा ५० हजार, बिभिन्न साइजका प्रोटेक्टिभ कभरअल्स ७ हजारभन्दा बढि, सर्जिकल गाउन १२ हजार, सेफ्टी गगल्स र प्रोटेक्टिभ गगल्स गरी ३० हजार लगायत गरी ७ लाख २५ हजार ५०० थान सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो।

कतार एयरलाइन्सबाट ल्याइएका ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित कतार दूतावासका अधिकारीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका हुन्।

बुधबार नै युएईले पनि नेपाल सरकारलाई कारोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । युएईले करिब ९ टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो । युएईबाट इतिहादको वाइडबडी विमान चार्टर गरी उक्त सामग्री नेपाल आइपुगेको हो।

Qatar support3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad