राजनीति


मन्त्री महावीर पुनको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाले खोइ बुझेको?

मन्त्री महावीर पुनको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाले खोइ बुझेको?

शिक्षामन्त्री महावीर पुन शिक्षा मन्त्रालयमा रहँदाको तस्बिर र मंगलबार प्रहरीले हटाउँदै गर्दा मिराज ढुंगाना (अघिल्लो चस्मा) लगायत


नेपालखबर
मंसिर १०, २०८२ बुधबार ८:४४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाले सिंहदरबार घेरेकोप्रति असन्तुष्टि जनाएका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नदिइएको भन्दै मंगलबार मिराज ढुंगानासहित जेनजी युवा सिंहदरबार गेटमा विरोध गर्न पुगेका थिए। तर निषेधित क्षेत्रमा भिड गरेर होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई हटाएको थियो।

यसप्रति असन्तोष व्यक्त गर्दै शिक्षामन्त्री पुनले बुधबार बिहानै सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्। 

‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको? अहिलको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो’, उनले लेखेका छन्, ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad