राजनीति


निषेधित क्षेत्रमा भिडभाड गरेको भन्दै मिराजसहितलाई प्रहरीले हटायो

निषेधित क्षेत्रमा भिडभाड गरेको भन्दै मिराजसहितलाई प्रहरीले हटायो

तस्बिर: सरोज शाही


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १२:४५, काठमाडौँ

सिंहदरबारअगाडि जम्मा भएका जेनजी नेता मिराज ढुंगानासहितलाई प्रहरीले हटाएको छ। मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो।  

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए। 

ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए। अहिले उनीहरू त्यही क्षेत्रमा जम्मा भएर प्रधानमन्त्रीसहितको आलोचना गरिरहेका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए। 

सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षणपत्र बुझाउन सोमबार प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad