ग्लोबल


मृत्युदण्डको विरोधमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान

मृत्युदण्डको विरोधमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ८:५९, काठमाडौँ

मृत्युदण्ड सुनाइएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले यही नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्न कार्यकर्ताहरूलाई आह्वान गरेको छ।

नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया पूर्वप्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। 

आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ। 

पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ। 

अवामी लिगले युनुस र उनका सहयोगीहरूलाई ‘स्वतन्त्रता विरोधी’ (बंगलादेशको मुक्तिलाई संकेत गर्दै) र "राष्ट्रविरोधी" गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।

उसले भनेको छ, ‘बंगलादेशमा नक्कली चुनाव हुन दिइने छैन। यसको कुनै पनि हालतमा विरोध गरिनेछ।’

जुलाई २०२४ मा सरकारी जागिरमा आरक्षणविरुद्ध  बंगलादेशमा भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना भारत भागेकी थिइन्। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad