ad ad

राजनीति


‘प्रचण्ड–नेपाल समूहसँग बहुमत सांसदको हस्ताक्षर तयारी अवस्थामा’

‘प्रचण्ड–नेपाल समूहसँग बहुमत सांसदको हस्ताक्षर तयारी अवस्थामा’

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:४९,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुलाई प्रधानमन्त्री निवास बोलाएर हस्ताक्षर अभियान सुरु गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको भैसेपाटी गठबन्धनका नेताहरुले पनि आफूपक्षीय सांसदहरुको हस्ताक्षर गराएका छन्।

उनीहरुले आवश्यक परे उक्त हस्ताक्षर देखाउने तयारी गरेको एक सांसदले जानकारी दिए।

ती सांसदका अनुसार गठबन्धनपक्षका बहुमत सदस्यको हस्ताक्षर तयारी अवस्थामा रहेको समेत दाबी गरे।

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु हुनै लाग्दा दुवै पक्षले आफ्नो शक्ति प्रदर्शनका लागि हस्ताक्षर संकलन गरेका छन्।

सचिवालय बैठकमा कुनै सहमती नभए र स्थायी समितिको बैठकको मिति नतोकिए उत्पन्न हुने परिस्थितिको सामना गर्नको लागि सांसदहरुको हस्ताक्षर सुरु गरिएको ती सांसदले बताए ।

‘बालुवाटारले सांसदहरुको हस्ताक्षर गरेर संसदीय दलमा बहुमत देखाउन खोजे हामीले पनि तयारी गरेका छौं,’ प्रचण्ड–नेपाल पक्षीय एक सांसदले भने, ‘हामी बहुमतमा छौं, सांसदहरुबीच एकता कायम छ।’

बैशाख १२ गते स्थायी समिति बैठक बोलाउन माग गर्न भनी सुरु गरिएको हस्ताक्षर अभियानलाई नै निरन्तरता दिँदै थप सांसदहरुको पनि हस्ताक्षर गराइसकिएको ती सांसदले बताए।

त्यतिबेलै २० स्थायी समिति सदस्यले सो समितिका बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए।

नेकपाका कुल १७४ सांसदमध्ये गठबन्धनका नेताहरुले ९६ सांसदहरु आफ्नो पक्षमा रहेको बताउँछन्। उनीहरुको गठबनधन एकजुट रहेको दाबी सो पक्षीय नेताहरुको दाबी छ।

उता ओलीनिकट नेताहरुले पनि प्रधानमन्त्रीको पक्षमा सांसदहरुको संख्या बढेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .