वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले १२ राज्य संरचनासहितको ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ प्रस्ताव गरेको छ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले पार्टीले प्रस्ताव गरेको राज्य संरचनाको खाका सार्वजनिक गरेका हुन्।
‘सामुदायिक सार्वभौम नेपाल’ नामाकरण गरिएको सो प्रस्तावमा नेपाललाई १२ राज्य संरचनामा समेटिएको छ।
कार्यक्रममा आहुतिले नयाँ राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयहरुको आधारभूत नीतिहरु प्रस्ताव गरिएको बताए।
जसमा १२ वटा भौगोलिक प्रदेश, सात वटा पेसागत गैरभौगोलिक सार्वभौम संरचना, सातवटा सांस्कृतिक (जातीय भाषिक) गैरहभौगोलिक सार्वभौम संरचना रहेका छन्।
हेर्नुहोस् वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको ‘वैज्ञानिक समाजवादी कार्यक्रम’को पूर्णपाठ
Shares

प्रतिक्रिया