ग्लोबल


रोमानियाको सडकमा अस्ताए २५ वर्षीय सलिन

रोमानियाको सडकमा अस्ताए २५ वर्षीय सलिन

शेरबहादुर परियार
मंसिर ८, २०८२ सोमबार १९:५७, मध्य युरोप

युरोपेली मुलुक रोमानियामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ।

नेपालमा सर्लाही इश्वरपुर नगरपालिका–६ घर भएका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा परी शुक्रबार मृत्यु भएको हो।

बुखारेस्टस्थित पान फास्टफुडमा कार्यरत सलिन रोजगारीको सिलसिलामा १० महिनाअघि मात्र रोमानिया आएका थिए। 

रोमानियाको राजधानी बुखारेस्टस्थित काला जिउलेस्ती सडकमा भएको सडक दुर्घटना परी सलिनको घटनास्थलमै मृत्यु भएको अस्पताल पुगेका रोमानियामा रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिए।

बाटो काट्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आएको कारले ठक्कर दिएपछि उनको निधन भएको प्रहरी प्रशासनलाई उदृत गर्दे सदस्य लामाले नेपालखबरलाई बताए।

दुर्घटना गर्ने कार १८ वर्षीय रोमानियन युवकले चलाएका थिए।

अहिले सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ। 

घटनाबारे मृतकको परिवारलाई जानकारी गराइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad