नेपाल प्रहरीले २६२ वटा सवारीसाधान खरिद गर्ने भएको छ। नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गाडी खरिद गर्ने प्रक्रिया अगाडी बढिसकेको गृहमन्त्रालयले जानकारी दिएको छ।
१५६ वटा सवारी साधनको लागि ३५ करोड ११ लाख र थप गरिएका १०६ वटा सवारी साधन खरिदको लागि ४५ करोड ३० लाख थप स्रोत अर्थमन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ। यस आर्थिक वर्षमा नेपाल प्रहरीले ८० करोड ४१ लाख रुपियाँका विभिन्न सवारी साधन खरिद गर्ने प्रक्रिया अगाडी बढेको हो।
नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ वटा सवारीसाधानमा ७५ वटा पिक अप भ्यान, थुनुवा ओसारपसार गर्ने सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन्। ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका खरिद गरिने भएको हो।
यस्तै गृह मन्त्रालयका लागि ५९ वटा सवारी साधन खरिदका लागि अर्थबाट स्रोत अनुमति प्राप्त भइसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
जसमध्ये ३ वटा विपद् उद्धारका लागि खरिद गरिनेछ। ५० वटा बोलेरो पिकअप भ्यान, तीन वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गरिनेछ।
यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ भने थप ५० वटा यो आर्थिक वर्षभित्र खरिद गर्ने गरी ५ करोड ६ लाख बजेट पनि सशस्त्र प्रहरीलाई उपलब्ध गराउने भएको छ।
यता राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा गाडी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्रोत अनुमति प्राप्त भएको छ।
तीनै सुरक्षा निकायका लागि चुनावअगाडि नै सवारी साधन खरिद भइसक्ने गृह मन्त्रालयले दाबी छ। जेनजी आन्दोलनमा नेपाल प्रहरीका ५७१ वटा र सशस्त्र प्रहरीका ६१ वटा सवारी साधनहरूमा क्षति पुगेको थियो।
राष्ट्रिय अनुसन्धान विभागका ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको जेनजी प्रदर्शनमा ध्वस्त भएका मध्ये ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा आएका छन्। प्रहरीका ४६५ वटा कार्यालयहरूमा क्षति पुगेको थियो। क्षति भएका १६ वटा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्।
सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो। राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका दुई वटा भवन तथा तीन वटा जिल्लास्थित कार्यालयका भवनमा पनि क्षति पुगेको थियो।
Shares

प्रतिक्रिया