कारोबार


चिसो बढेसँगै हिटर- गिजरको किनमेल बढ्यो

चिसो बढेसँगै हिटर- गिजरको किनमेल बढ्यो

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १६:१६, काठमाडौँ

राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ। राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन्।

बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ।

दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन्। कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार  यो समयसम्म आइपुग्दा तिब्र हुन थालेको व्यवसायीहरूको भनाई छ। जाडो शुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा वृद्धि हुने व्यापारीहरु बताउँछन्।

कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर, तातोपानीका धाराहरु धेरै बिक्री गरिरहेको बताए।

व्यवसायी बरालले भने, ‘हिटर, तोतोपानीका धारासहित जाडोमा प्रयोग हुने वस्तुहरु बिकिरहेका छन्, पहिलेको जस्तो सोचेअनुसार त व्यापार छैन, तरपनि सिजनअनुसारको जाडोको समानहरूको बिक्दैछ। सबै प्रोडक्टमा प्राइजको स्टीकर लगाएर आउने गरेको छ। पहिला त्यस्तो थिएन। मनपरी व्यापारीले लिनुपर्ने अवस्था थियो। अहिले त्यस्तो छैन। कम्पनीले यकिन गरेको हुन्छ। अहिले बजारको रेट फिक्स जस्तै छ। कस्टोमर ठगिने त्यस्तो गुनासो छैन।’

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटी अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएको बताउँछन्।

अध्यक्ष सिवाकोटीले भने, ‘नाम र कम्पनी अनुसार मुल्य पनि फरक फरक छ। उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारीक डिलर, व्यवसायीमार्फत जानकारी दिएर किन्नुपर्छ।’

उनकाअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्नसक्ने अनुमान छ। उनका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ।

अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको छ। 

अहिले बजारमा ७ सयदेखि हजारौं मूल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन्। नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरूबाट समेत आयात भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad