राष्ट्रिय जनमोर्चाले आज (शनिबार) ‘वर्तमान राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’बारे अन्तरक्रिया गर्दै छ।
पार्टीका अनुसार कार्यक्रम दिउँसो १ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा सुरु हुनेछ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लिखित अवधारणा प्रस्तुत गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा जेनजी प्रतिनिधि सहभागी हुने उनले बताए।
33
Shares

प्रतिक्रिया