राजनीति


भारतको पत्र आउनु ठूलो कुरा होइनः सञ्चारमन्त्री (भिडियो)

भारतको पत्र आउनु ठूलो कुरा होइनः सञ्चारमन्त्री (भिडियो)

नेपालखबर
असार २४, २०७६ मंगलबार ७:५३,

 सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन्।

मन्त्री बाँस्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेस्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रहेको लिएको प्रतिक्रिया दिए। ‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन, त्यसमा आ–आफ्नो इन्ट्रेस्टका विषयहरु पनि हुन सक्छन्,’ मन्त्री बाँस्कोटाले भने, ‘त्यसलाई अन्यथा लिनु हुँदैन। जब दुई देशका सीमा जोडिएका छन, जव उत्पादनहरु आदानप्रदान हुन्छन् भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होइन।’

मन्त्री बाँस्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषाधि परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताए। उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .