नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान हो भन्दै प्रश्न गरेका छन्। शुक्रबार पार्टीको युथ भोलेन्टियर घोषणा कार्यक्रममा उनले सरकार संविधानअनुसार बनेको छैनभन्दा अर्को विद्रोह हुने धारणा प्रधानमन्त्रीबाट सुनिएको भन्दै आपत्ति जनाए।
'यस देशमा अझै ठूलो विद्रोह हुन्छ रे। अस्ति प्रधानमन्त्रीबाट सुनेको। यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने झन अर्को ठूलो विद्रोह हुन्छ रे। कसले विद्रोह गर्छ? अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भन्ने को हो?,” ओलीले भने, 'फेरि आगो लगाउने, तोडफोड गर्ने?'
ओलीले विद्रोहको सपना देखेको भए छोड्न आग्रह गरे। 'तपाईंको अनुमान हो कि योजना हो?, योजना हो भने सपना नदेख्नुस्। अनुमान हो भने डराउन छोड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छोड्नुस्,' उनले भने।
Shares

प्रतिक्रिया