राजनीति


रास्वपाले पार्टी छोड्नेहरुलाई खेदो खन्दैन : प्रवक्ता झा

रास्वपाले पार्टी छोड्नेहरुलाई खेदो खन्दैन : प्रवक्ता झा

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १७:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टी छोडेर जाने पूर्वनेता सन्तोष परियारप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका छन् कि पार्टी छोड्दा कसैको खेदो खन्ने नीति रास्वपामा छैन।

प्रवक्ता झाले यो प्रतिक्रिया तब व्यक्त गरेका हुन्, जब परियारले एक अन्तर्वार्तामा नख्खु कारागारमा पुगेर पार्टी सभापति रवि लामिछानेलाई भेट्न नपाएको कुरा बताएका थिए। 

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले भने, ‘चार किलोमिटर टाढा हुनुहुन्थ्यो। उहाँ जानुभएन, भेट्नुभएन। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले हिजोमात्रै गएर साढे तीन घण्टा भेटेर निस्किनुभयो। उहाँले पर्याप्त समय पाउनु हुन्थ्यो।’

उनले थप्दै भने, ‘हामी अरु दल जस्तो पार्टी छोडेर कोही जाँदैमा खेदो खन्ने, मान मर्दन गर्ने अभ्यास गर्दैनौं। सुमनाजीको बेलामा पनि यस्तो गरेका छैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad