राजनीति


सशस्त्र प्रहरीमा थपियो ३ डीआईजीको दरबन्दी

सशस्त्र प्रहरीमा थपियो ३ डीआईजीको दरबन्दी

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १६:१२, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रि परिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। 

दरबन्दी स्वीकृत भएसँगै सशस्त्र प्रहरी बलमा अब तीन जना डीआईजीको दरबन्दी थप भएको छ। यसअघि सशस्त्र प्रहरीमा २ जना प्राविधिकसहित १८ जना डीआईजीको दरबन्दी थियो। अब तीन जना थपिएसँगै सशस्त्र प्रहरीमा डीआईजीको दरबन्दी २१ पुगेको छ। 

थप भएको डीआईजीको दरबन्दीमध्ये एक जना कानुनमा रहनेछन्। सशस्त्र प्रहरीको कानुन महाशाखालाई अब निर्देशनालय बनाइनेछ। 

महाशाखा हुँदा एसएसपी प्रमुख रहेकामा अब डीआईजी निर्देशनालय प्रमुख रहनेछन्। यस्तै इन्टेलिजेन्स ब्युरोमा पनि डीआईजीको दरबन्दी थप गरिएको छ। 

यसअघि एसएसपी प्रमुख थिए। थपिएको अर्को दरबन्दी सशस्त्र प्रहरी मुख्यालयको कार्य वा प्रशासन विभागमा रहनेछ। यस्तै निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाउने निर्णय पनि भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad