भारतका ५३ औँ प्रधानन्यायाधीश सूर्यकान्तको शपथ ग्रहणमा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा भारत जाने भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। वर्तमान प्रधानन्याधीश भूषण रामकृष्ण गवईलाई प्रतिस्थापन गर्दै सूर्यकान्तले मंसिर ८ गते शपथ लिन लागेका हुन्।
त्यस्तै मन्त्री सिन्हाले मंसिर १० गते भारतको सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।
285
Shares

प्रतिक्रिया