नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले फागुन २१ गतेका लागि तय भएको चुनावको विषयमा सरकारमाथि प्रश्न गरेका छन्। बुधबार बाराको सिमरामा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि एक समूहले प्रदर्शन गरेको थियो।
प्रदर्शन उग्र हुँदा जेनजीको एक समूह र नेकपा एमालेका नेता कार्यकर्ताबीच झडपसमेत भएको थियो। सिमरा विमास्थलनको गेटअगाडि नै प्रदर्शन भएपछि बारा प्रशासनले कर्फ्यु जारी गरेको छ।
यसै विषयमा एमाले महासचिव रिमालले सरकारमाथि प्रश्न उठाएका हुन्। भदौ २३ र २४ को जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले उपत्यका छोड्न अनुमति लिनुपर्ने निर्णय गरेको छ।
बारामा आज एमालेको युवा संघको आयोजनामा जागरण अभियान कार्यक्रम छ। नेताहरू उक्त कार्यक्रममा जाँदै थिए।
'अध्यक्षलाई स्थानहद, महासचिवको कार्यक्रम रोक्न विरोधको प्रायोजन: एयरपोर्ट बन्द, कर्फ्यु सरकार ! यसैगरी चुनाव गर्ने हो?' रिमालको प्रश्न छ।
Shares

प्रतिक्रिया