राजनीति


कांग्रेस नेता भण्डारी भन्छन्- राजसंस्था पुनःस्थापनाका लागि बलिदान दिन तयार छु

कांग्रेस नेता भण्डारी भन्छन्- राजसंस्था पुनःस्थापनाका लागि बलिदान दिन तयार छु

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:०, काठमाडौँ

सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए। 

हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ। 

उनले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो। त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु। परिआए बलिदान दिन पनि तयार छु। पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन। मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ।’ 

उनले नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको भन्दै आक्रोश व्यक्त गरे। कांग्रेसभित्र पद प्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए। 

उनले थपे, ‘पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ। म दुःखका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु। म भ्रष्टाचारी कांग्रेस भएको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad