राजनीति


प्रधानमन्त्री कार्कीसँग कांग्रेसका नेताहरूको भेट

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका नेताहरूको भेट

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १४:४९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताहरुले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए। 

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताए।

भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए। 

भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईँ, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप निरौलालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad