राजनीति


मैले गल्ती गरेकै हो: गगन थापा

मैले गल्ती गरेकै हो: गगन थापा

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विरोध गरे पनि पछि त्यसैलाई स्वीकार्दै अघि बढेर आफूले गल्ती गरेको महसुस अहिले भएको बताएका छन्।  

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअन्तर्गत बिहीबार धारणा राख्नेक्रममा उनले विभिन्न घटनाको उदाहरण दिँदै आफूबाट गल्ती भएको बताएका हुन्।  

उनले पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको पनि बताए। 

'म १३ औं महाधिवेशनमा पनि पनि महामन्त्रीको उम्मेदवार थिएँ। १४औँ पनि भएँ। १४औंमा शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो। हालेकै हो। ०६८ सालदेखि शीर्ष नेताले विश्राम लिनुपर्छ भनेको रहेछु,' उनले भने, '०७८ मा आइपुग्दा शेखर दाइलाई सभापति बनाउन खोजेको सकिनँ। यो बीचमा केही गलत भयो कि भन्ने लाग्छ। - जसलाई फेर्नुपर्छ भनिस त्यसैसँग काम गरिस् भन्नु भएको छ। अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ। मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिँन।' 

उनले गएको स्थानीय तहको चुनावको टिकट वितरणको उदाहरण पनि दिए। 

'एक स्थानीय तहको टिकटको वितरण गर्न सभापतिले बोलाउनुभयो। मैले भनेँ- यो स्थानीय तहको विषयमा यो पात्रलाई उम्मेदवार बनाउँदा ठूलो मूल्य चुकाउनुपर्छ। सभापतिले हुँदैन, मिल्दैन मैले ‍उम्मेदवार हो भनिसकेँ भन्नुभयो,' उनले भने, 'यसपछि पनि मैले गल्ती गरेकै हो। मैले विरोध गरेँ  अब सभापतिले भन्नुभयो भनेर बसेँ। म हुँदैन भनेर बस्नुपर्नेथ्यो।'

नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धनबारे पनि उनले भने। 'माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरो केही सैद्धान्तिक आधारहरू छन्। यसमा पनि मैले त गल्ती गरेकै हो। कि मैले निर्णय गराउनुपर्थ्यो। कि चुनाव नलड्नुपर्नेथ्यो। गल्ती गरेकै हो,' उनले भने, '
प्रतिपक्षमा बस्ने प्रचण्डलाई गएर मत हालियो। मैले फरक मत राखेकै हो। सरकार बन्यो पार्टीको निर्णय भनेर गइयो।'

त्यस्तै एमाले-कांग्रेसको गठबन्धन कुनै हालतमा गर्न हुँदैन भन्दा सभापतिले नटेरेको उनको भनाइ छ। 

'कुनै पनि हालतमा कांग्रेस-एमालेको सरकार बनाउनु हुँदैन भनेर भनेकै हो। गठबन्धनकोलकुरा पत्रिकामा पढेर थाहा पाएको मैले। सभापतिलाई प्राइभेट कम्पनी हो भनेको थेँ। निर्णय गरेर यसो भयो भन्ने? भनेर जवाफ मागेकै हो,' उनले भने, 'भइहाल्यो भाइ हिजो भनेको भए बिग्रिन्थ्यो। भनेर सभापतिले भन्नुभयो। मैले छोडेँ। यहाँ पनि मैले गल्ती गरेँ। अन्तिमसम्म लड्नु पर्ने थियो।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad