इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलको होम ग्राउन्डमा २०२८ को युरोपियन च्याम्पियनसिपका खेल नहुने भएको छ।
युरोपेली नियमका कारण इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र आयरल्यान्डले आयोजना गर्ने प्रतियोगिताको कुनै पनि खेल एनफिल्डमा नहुने भएको हो।
डेली मेलका अनुसार कार्डिफ प्रिन्सिपालिटी स्टेडियमले उक्त प्रतियोगिताको पहिलो खेल होस्ट गर्नेछ। त्यस्तै वेम्बलीले सेमिफाइनल र फाइनल होस्ट गर्नेछ।
छनोट गरिएका इंग्लिस क्लबका ग्राउन्डहरुमा एभरटनको नयाँ हिल डिकिन्सन स्टेडियम, एस्टन भिल्लाको भिल्ला पार्क, टोटनहम होट्सपुरको स्टेडियम, न्युक्यासलको सेन्ट जेम्स पार्क र म्यान्चेस्टर सिटीको इत्तिहाद स्टेडियम छन्।
एनफिल्ड रोड एन्डमा प्रबलीकरण गरिए पनि लिभरपुलको ग्राउन्डमा पिचसँग जोडिएका समस्या रहेकोले खेल आयोजनाबाट वञ्चित भएको हो। यूईएफएको नियमअनुसार खेल मैदानको मानक आकार १०५ मिटर र ६८ मिटर हुनुपर्ने छ। तर यो स्टेडियम विस्तार गर्ने स्थान नरहेको बताइएको छ।
युरो २०२८ को खेल खेलाउन नपाउने अन्य स्टेडियममा म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड पनि छ।
Shares

प्रतिक्रिया