राजनीति


आईजीपी कार्कीको पहिलो निर्णय: आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने

आईजीपी कार्कीको पहिलो निर्णय: आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:२७, काठमाडौँ

प्रहरी महानिरीक्षक भएपछि दान बहादुर कार्कीले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेका छन्। 

प्रहरी महानिरीक्षक भएपछि उनले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन्। 

नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ प्रतिशत ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा २ लाख रूपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको हो।

साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आर्थिक वर्ष  २०८२/०८३ मा अधिकतम १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad