राजनीति


मुस्कुराउँदै नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भए भीम रावल (तस्बिर)

मुस्कुराउँदै नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भए भीम रावल (तस्बिर)

सरोज नेपाल
कात्तिक २६, २०८२ बुधबार १५:९, काठमाडौँ

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको  ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएको छ। 

बुधबार राष्ट्रिय सभागृहमा नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच औपचारिक कार्यक्रम आयोजना गरि एकता घोषणा गरिएको हो।

यसअघि नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एक कार्यक्रममा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी रावल नेकपामा समायोजित हुने घोषणा गरेका थिए ।

सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ। 

नेकपामा रावल छैटौं वरियतामा रहने नेकपाका नेताहरू बताउँछन्। 

यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच जना सचिवालय सदस्यहरू प्रचण्ड र नेपालसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ यही पार्टीमा छन्। श्रेष्ठपछिको वरियतामा रावल हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad